देशव्यापी विद्यालय स्वागत तथा भर्ना अभियान सुरु

२०७१ बैशाख २ गते, मंगलवार

काठमाडौ, २ बैशाख । शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०७१ का लागि आजबाट देशव्यापी रूपमा विद्यालय स्वागत तथा भर्ना अभियान कार्यक्रम सुरु गरेको छ ।
“नानीबाबु रमाई रमाई स्कुल आऊ, पढी सिकी सधै भरी खुसीले रमाऊ” भन्ने नाराका साथ थालिएको भर्ना अभियान वैशाख महिनाभर चल्ने शिक्षा विभागले जनाएको छ हिजो विदा परेकालेआजदेखि बैशाख १४ गतेसम्म पहिलो चरणको भर्ना अन्तर्गत मुस्कानसहितको फूल र अविरले स्थानियसंस्कृतिअनुसार बालबालिकाहरुलाई विद्यालयमा स्वागत गरिने बताइएको छ ।
त्यस्तै १५ गतेदेखि ३० गतेसम्म विद्यालयमा बालबालिका भर्ना नभएका क्षेत्र तथा घरपरिवार पत्ता लगाउने, बिचमा पढाइ छाडेका बालबालिकाहरुलाई सामुदायिक, खुल्ला वा वैकल्पिक विद्यालयहरुमा भर्ना गराउन घरदैलो कार्यक्रम गर्ने पनि विभागले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार