एस.एल.सि. रिजल्ट रोक्छौं

२०७१ बैशाख १६ गते, मंगलवार

काठमाडौं ,१६ बैसाख । प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षणको कामलाई रोकेर पारिश्रमिकको लागि आन्दोलनमा उत्रेका शिक्षकहरुले आफ्ना माग पूरा नभए देशभरीका सबै परिक्षा केन्द्रमा ताला बन्दी गरी रिजल्ट नै रोक्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार संवाद डबलीमा पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षक समिति काठमाडौंका संयोजक जेपी चौलागाईले आफूहरुले पटक-पटक आफ्ना मागको बारेमा परिक्षा नियन्त्रण कार्यालय र जिल्ला शिक्षा कार्याल मार्फ सरकारसँग राख्दापनि अहिलेसम्म पनि पूरा नगरेकाले आफूहरुले परिक्षणको कामलाई छोडेको बताए । ‘सरकारका तर्फाट एक हप्ताभित्र माग पूरा गर्न प्रतिवद्धता आएको छ, यसमा हामी सकारात्मक छौं, एक हप्तापछि पनि माग पूरा नभए सम्पूण कार्यलाई रोक्ने गरी आन्दोलनमा उत्रन्छौं’ चौलागाईले भने ।
कार्यक्रममा उपस्थित परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारले शिक्षकहरुका मागहरु सकारात्मक भएको भन्दै आफूहरु माग पूरा गर्ने प्रतिवद्धता जनाए । हिस्टान अध्यक्ष दिपकराज सुवेदीले शिक्षकहरु सकारात्मक भन्दै एक्यवद्धता जनाए । शिक्षक हरेराम ठाकुर, धर्मराज अर्यालले आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । प्रवेशीका परिक्षा उत्तरपुस्तिका परिक्षक समिति ललितपुरका संयोजक नरहरि पौडेलले शिक्षकहरुले उठाएका मागहरु पूरा नगरे ललितपुर जिल्लाका सम्पूण उत्तरपुस्तिका परिक्षण रोक्ने चेतावनी दिए ।
बैसाख ९ गते परिक्षा नियन्त्रण कार्यालयमा उत्तरपुस्तिका परिक्षकको पारिश्रमिक बृद्धिका लागि ज्ञापनपत्र बुझाइएको र सुनवाई नभएपछि १३ गते पुनः दबाब दिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्तीमा जनाइएको छ । ‘बैसाख १५ गते काठमाडौं परिक्षण केन्द्रमा परिक्षा नियन्त्रक विष्णुबहादुर द्वारे, जिल्ला शिक्षा अधिकारी बैकुण्ठ अर्यालले आन्दोलनरत शिक्षकहरुसँग पारिश्रमक बृद्धि गर्ने प्रतिवद्धता जनाएपछि हामीले ७ दिनको समय दिएका छौं, यदि निर्धारित समयमा माग पूरा नभए हामीहरु चरणबद्ध आन्दोलनमा जाने छौं’ प्रेस विज्ञाप्तीमा भनिएको छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु