अस्थायी शिक्षकद्वारा सामुदायिक विद्यालय बन्द

२०७१ बैशाख २३ गते, मंगलवार

काठमाडौ,२३ वैशाख। अस्थायी शिक्षकहरुले आज सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भएका छन् । सरकारले माग पूरा नगरेको र शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनीहरुले आज विद्यालयमा नपढाउने घोषणा गरेका हुन् ।
यसै बीच आज अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगमा धर्ना दिने कार्यक्रम रहेको छ । अस्थायी शिक्षकहरुले अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, कुनै पनि बहानामा कार्यरत शिक्षकलाई पेशाबाट विस्थापित गर्न नहुने, शिक्षकबिचको हुने मतभेद अन्त्य गर्नुपर्ने लगायत माग राखी आन्दोलनको घोषणा गरेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु