अस्थायी शिक्षक र शिक्षामन्त्रीबीच बार्ता हुने

२०७१ बैशाख २५ गते, बिहीबार


काठमाडौ, २५ वैशाख ।आन्दोलनरत अस्थायी शिक्षक सङ्घर्ष समितिले अब शिक्षामन्त्रीसँग वार्ता गर्ने भएको छ । मन्त्रालयका सहसचिव खगराज बराल तथा समितिका अध्यक्ष रामचन्द्र अधिकारी नेतृत्वको टीलीबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएपछि सिधै मन्त्रीसाग वार्ता गरिने भएको हो ।
वार्तामा आन्दोलनरत पक्षले विगतमा भएको सम्झौता पालना गरेर ऐन संशोधन गरी सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने अडान राखेपछि सहमती हुन नसकेको हो ।
सरकारी पक्षले त्यस विषयमा शिक्षामन्त्री र सचिवसँग छलफल गर्ने भनेपछि सिधै मन्त्रीसँग वार्ता गर्न लागिएको जनाइएकोछ ।देशभर विसं २०६९ पुस ३० सम्म शिक्षक पेसामा कार्यरत करिब ३० हजार शिक्षकलाई शिक्षक सेवा आयोगको नतिजा प्रकाशनका कारणबाट पेसाबाट हटाउन नहुने तथा प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने माग गर्दै समितिले यही वैशाख २१ देखि सडक आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु