मापदण्ड नपुगेका अस्पताल नवीकरण नहुने

२०७१ बैशाख २६ गते, शुक्रबार

काठमाडौ, वैशाख २६ – स्वास्थ्य मन्त्रालयले मापदण्ड पूरा नगर्ने अस्पताल तथा स्वास्थ्य संस्थाको नवीकरण नगर्ने बताएको छ ।दुई महिना अनुगमन गर्दा धेरै स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेकाले सुधारको लागि मौका दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक जिडी ठाकुरका अनुसार सरकारी अस्पतालमा व्यवस्थापनको समस्या बढी देखिएको छ । धेरै निजी अस्पताल तथा स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार र कानुनी प्रक्रिया पूरा नगरेको पाइएको छ । यस्ता मापदण्ड पूरा नगर्नेलाई सुधारको लागि मौका दिइएको उनले बताए ।
नवीकरण गर्ने बेला सुधार गरेको नपाइए त्यस्ता अस्पताल तथा स्वास्थ्य संस्था खारेजीमा समेत पर्न सक्ने उनको भनाई छ । अस्पताल तथा स्वास्थ्य संस्थाले हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु