निजी विद्यालयमा तालाबन्दी

२०७१ बैशाख २६ गते, शुक्रबार

काठमाडौं, २६ वैशाख। नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले देशैभरका डेढ सयभन्दा बढी निजी विद्यालयको प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको छ ।सर्वोच्च अदालतको आदेश विपरित निजी विद्यालयको छाता संगठन प्याबसनले शुल्क बृद्धि गरेकाले निजी विद्यालयका प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले जानकारी दिए ।
शुल्क बृद्धि फिर्ता लिनुपर्ने, संस्थागत विद्यालयका लागि तयार पारेको निर्देशिका पालना गर्नुपर्ने साथै निजी विद्यालयले वितरण गर्ने छात्रवृत्ति पारदर्शी हुनुपर्ने अखिल क्रान्तिकारीको माग छ । प्याबसनले आफ्ना माग सम्बोधन गर्न अटेर गरे अझ सशक्त ढंगमा अघि बढ्नेसमेत अध्यक्ष रसाइलीले चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]