आज अन्तराष्ट्रिय नर्सिङ दिवस

२०७१ बैशाख २९ गते, सोमबार


काठमाडौँ , २९ वैशाख। आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछन् । दिवसको यो वर्षको नारा ‘नर्सेज: अ फोर्स फर चेन्ज अ भाईटल रिसोर्स फर हेल्थ’ तय गरिएको छ । आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।
नेपाल नर्सिङ परिषदको पछिल्लो तथ्याङ्क अनुसार २६ हजार ५ सय १५ जना नर्स, २१ हजार ६ सय ५२ जना अनमी र ७ सय ७३ विदेशी नर्स गरी कुल संख्या ४८ हजार ९ सय ४० छ । सरकारी तथा निजी स्तरमा गरी साढे २ सय भन्दा शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा बढी जनशक्ति उत्पादन हुने गरेका छन् । यति ठूलो जनशक्तिका लागि रोजगारीको समस्या सबैभन्दा ठूलोे छ ।
नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण संख्या बढेपनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको र भएको रोजगारी पनि शहर केन्द्रित भएकाले समस्या भएको बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाई अहिले नर्सहरुले भोगिरहेको मुख्य समस्या देखिएको नर्सहरुको गुनासो छ ।
विकसित मुलुकमा ६ सय देखि ८ सय जना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीन जना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु