प्रसूति गृहमा फिस्टुलाको उपचार सुरुप्रसूति गृहमा फिस्टुलाको उपचार सुरु

२०७१ जेष्ठ ४ गते, आईतवार


काठमाडौं,४ जेठ ।अब थापाथलीस्थित प्रसूति गृहबाट दिसा पिसाब चुहिरहने (फिस्टुला) समस्या भएका महिलाले उपचार सेवा पाउन भएका छन् ।प्रसूति गृहले यो सेवा सुरु गर्न थालेपछि उपचारका लागि महिलालाई सहज हुन थालेको अस्पतालका प्रशासक अमर अमात्यले बताए । ‘यसअघि फिस्टुलाको समस्या लिएर महिला उपचारका लागि आउने गरेको भए पनि विविध कारणले यो सेवा सुरु हुन सकेको थिएन, उनले भने “अहिले यो सेवा दिन थालेपछि विभिन्न जिल्लाका महिला यस अस्पतालमा आउन थालेका छन् ।”बच्चा जन्माउने बेथा लामो हुन जाँदा महिलामा पिसाब अथवा दिसा च्याप्न नसक्ने वा चुहिरहने हुन्छ ।
यसको रोकथामका लागि सानो उमेरमा विवाह वा बच्चा नजन्माउने, गर्भवती अवस्थामा महिलालाई सन्तुलित खाना खुवाउने, नियमित स्वास्थ्य जाँच गराउने, सुत्केरी बेथा लाग्नासाथ स्वास्थ्य संस्थामा लैजानेजस्ता उपाय अवलम्बन गर्नुपर्दछ ।एक अध्ययनअनुसार यस्तो समस्या रहेका महिलामध्ये ९५ प्रतिशतमा शल्यक्रियापछि समाधान भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु