गर्मीसगै हैजाको समस्या बढ्न थाल्योगर्मीसगै हैजाको समस्या बढ्न थाल्यो

२०७१ जेष्ठ ५ गते, सोमबार


काठमाडौं, ५ जेठ । गर्मीको मौसममा शुद्ध पानीको श्रोत र पानी वितरण गर्ने प्रणाली प्रभावकारी नहुँदा झाडापखाला र हैजाको समस्या बढ्दै गएको छ ।गर्मी ह्वात्तै बढ्दै गएपछि पानीका परम्परागत श्रोतहरु खोला, ईनारहरु सुक्दै जाने र बाँकी बचेका श्रोतमा चाप बढदा पानी असुरक्षित बन्दै गएको विज्ञको भनाई छ ।पानीका श्रोत सीमित हुँदै जाँदा त्यही पानी खाने, लुगा धुने, श्रोतका आसपासमा दिसापिसाब गर्ने प्रवृत्ति देखिंदा पानी अशुद्ध हुने र त्यस्तो पानी खान योग्य बनाउने प्रयास नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ । धेरै जसो ठाउँमा अहिले खोलाको पानी प्रयोग गरेको पाईएको छ । त्यस्तो पानी प्रशोधन तथा निर्मलीकरण गर्ने गरी सुरक्षात्मक उपाय नअपनाउँदा समस्या देखिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले बताए ।
रौतहटको चन्द्रनिगाहपुरमा झाडापखालाका बिरामीमा हैजा देखिनुमा पनि अशुद्ध खानेपानी नै मुख्य कारण देखिएको उनको भनाई छ । चार वर्ष अघि पनि त्यसै ठाउँमा हैजाको महामारी फैलिएको तर अझै सम्म पनि पानीको शुद्धिकरणमा सम्बन्धित निकायले ध्यान नदिंदा समस्या भएको मरासिनीले बताए । उनका अनुसार चन्द्रनिगाहपुरमा झण्डै तीन हप्ता अघि झण्डै पाँच सय जना झाडापखाला र हैजाका बिरामीको उपचार गरिएकोमा घर फर्किसकेपछि फेरि दुषित पानी प्रयोग गरेका कारण उनीहरु फेरी बिरामी पर्न थालेका छन् । अहिले दैनिक ८/१० जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल जाने गरेका छन् । यस्तै बाजुरामा पनि खोलाको पानी सिधै प्रयोग गरेकै कारण धेरै जना झाडापखालाले बिरामी परेका छन् । तर बाजुरामा भने हैजा भएको पुष्टि नभएको मरासिनीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु