होसियार, आँप खाँदै हुनुहुन्छ ?

२०७१ जेष्ठ १० गते, शनिबार


काठमाडौँ । अहिले नेपाली बजार भारतीय आप छ्याछ्प्याप्ती बिक्री वितरण भैरहेका छन् । झट्ट हेदा राम्रो र रसिलो देखिएको भरमा आँप खाँदै हुनुहुन्छ भने होसियार ! तपाईले खाने त्यो आँपले तागत नभै बिषको काम गर्नसक्छ । गर्मी मौसम र हेर्दै चिल्लो रसिलो आप धेरैले सेवन गरिरहेको हुन् सक्छ तर अहिले बजारमा उपलब्ध भारतीय आप खान अयोग्य छ । मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरूमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरू बिहान बिक्रीको लागि बजार लैजाने गरेको फेला परेको हो । बिहीबार बिहान कुलेश्वरबाट साइकलमा आँप बिक्रीको लागि बजार निस्कँदै गरेका भारत पटियानी घर भएका मोहम्मद मिजुलले आँपमा विषादी हालेर पकाइने गरेको स्वीकार गरेको छ । उनले भने, ‘हामीले पनि खरिद गरेर लैजाने हो सर, बिहान साइकलमा लोड गर्दासम्म त तातो नै हुन्छ । कार्बाइड नहाली त तातो हुँदैन ।’ मिजुल मात्रै होइन, बजारमा आँप बिक्री गर्ने बिक्रेताहरू झिसमिसेमै आँपको गोदाममा पुग्छन, तातो, तातो आँप लोड गर्छ र बजारतिर दौडाउँछन । तातो हुनुको अर्थ कार्बाइड प्रयोग गरेर पकाइएको भन्ने प्रमाणित हुन्छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन -क प्रकारको ग्यास) ले काँचो फलफूल एकै रातमा पकाउन सक्छ । युरोपमा भारतीय आँप प्रतिवबन्ध युरोपियन युनियनले अत्यधिक कार्बाइड प्रयोग गरिएका कारण भारतीय आँपमाथि प्रतिबन्ध लगाएको छ । गत मे १ गतेबाट लागू हुने गरी आगामी २०१५ मे १ तारिखसम्मको लागि भारतीय आँप प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु