एसएलसीको नतिजा असारको पहिलो साता

२०७१ जेष्ठ १२ गते, सोमबार


काठमाडौं, १२ जेठ । एसएलसी परिक्षाको नतिजा असारको पहिलो सातासम्ममा प्रकाशित हुने भएको छ । आगामी असार पहिलो सातासम्ममा नजिता प्रकाशित गर्ने तयारीमा रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।असारको पहिलो साता परिक्षफल प्रकाशित गर्ने उद्देश्यले हाल उत्तरपुस्तिका निरीक्षणपछि कोडिङ गर्ने काम भइरहेको परिक्षा नियन्त्रण विष्णुबहादुर द्वारेले जानकारी दिए । उनले आफूहरु असारको पहिलो सातासम्म नतिजा प्रकाशन गर्ने तयारीमा रहेको बताए ।
परिक्षा नियन्त्रक द्वारेका अनुसार ६४ केन्द्रमध्ये ४१ केन्द्रले उत्तरपुस्तिका परीक्षण गरेर केन्द्रमा आइसकेको छ । गत चैत्र ६ देखि १४ गतेसम्म सञ्चालित एसएलसी परिक्षामा देशभरबाट ५ लाख ६६ हजार ८५ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु