विश्व महिनावारी सरसफाइ दिवस मनाईदै

२०७१ जेष्ठ १४ गते, बुधबार


काठमाडौं,१४ जेठ । आज विश्व महिनावारी सरसफाइ दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्ने संघसंस्थाले विश्वभर चेतनामुलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइरहेका छन् ।
विश्वव्यापी सञ्जाल वास युनाइटेडले प्रत्येक वर्ष मे २८ तारिखलाई विश्व महिनावारी सरसफाइ दिवस मनाउने निर्णय गरेअनुसार सरसफाइका क्षेत्रमा काम गर्ने संघसंस्थाको अगुवाईमा यो दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा युवालय नामक गैर सरकारी संस्थाले चेतनामुलक र्‍याली निकालेको छ । युनिभर्सल कलेटबाट सुरु भएको र्‍याली म्युजिक कलेजमा पुगेर कोणसभामा टुंगिएको थियो । र्‍याली पछि सरसफाइका विषयमा अन्तरक्रिया गर्ने तयारी युवालयको छ ।
महिनावारी भएका किशोरी तथा महिलाका लागि आवश्यक स्वास्थ्य सुविधाको माग उठाउन र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न दिवसले थप सहयोग गर्ने युवालयमा आबद्ध युवाहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु