मेरुदण्ड शल्यक्रिया सम्वन्धि सम्मेलन सुरु हुदै मेरुदण्ड शल्यक्रिया सम्वन्धि सम्मेलन सुरु हुदै

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौँ, १५ जेठ। आजवाट काठमाडौंमा मेरुदण्ड शल्यक्रिया सम्वन्धि एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु हुँदैछ । एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको आयोजनामा आजदेखि तीन दिनसम्म चल्ने सम्मेलनमा शल्यक्रियाको प्रत्यक्ष प्रदर्शनी तथा एसिया प्यासिफिक क्षेत्रका मेरुदण्ड शल्यक्रियासम्वन्धि प्रविधिबारे छलफल हुनेछ ।
आयोजक एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालका महासचिव रविन्द्रलाल प्रधानका अनुसार, मेरुदण्ड शल्यक्रियाका क्षेत्रमा रहेका सम्भावना र चुनौतीका बिषयमा पहिलो पटक नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुन लागेको हो । सम्मेलनमा भारत, जापान, कोरिया, हङकङ, मलेसिया, भियतनामका विज्ञहरु सहभागी हुनेछन् ।
पहिलो दिन बिहिवार काठमाडौंको सिनामंगलपस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा मेरुदण्ड शल्यक्रियाको प्रत्यक्ष प्रदर्शनी र कृत्रिम हड्डीमा शल्यक्रियाको प्रविधि सिकाइनेछ । त्यस्तै, दोस्रो र तेस्रो दिनमा मेरुदण्डको शल्यक्रियाका पछिल्ला प्रविधि र प्रयोगबारे विभिन्न सत्रमा अन्तक्रिया हुने कार्यक्रम आयोजनाका एक प्रमुख रोहित कुमार पोखरेलले जानकारी दिए ।
एसिया प्यासिफिक स्पाइन सोसाइटीको अगुवाईमा हुन लागेको सम्मेलनमा एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको समेत प्रत्यक्ष सहभागिता रहनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु