स्वास्थ्य ब्यवसायीहरु आन्दोलित स्वास्थ्य ब्यवसायीहरु आन्दोलित

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौं, १५ जेठ । नेपाल स्वास्थ्य व्यवसायी महासंघमा आवद्ध ब्यवसायीले पदाधिकारीको स्वइच्छाचारिता र अनियमितताका बिरुद्ध आन्दोलित भएका छन् ।काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले पदाधिकारीबिरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । स्वास्थ्य व्यवसायी संघर्ष समितिकी संयोजक शुलोचना श्रेष्ठले ब्यवसायिक रक्षाका लागि महासंघमा आवाज उठाउँदा तर्साउने काम भएकाले बिरोध गर्नु परेको बताइन् । उनले भनिन्, ‘हामीले असन्तुष्ट भएर माग पत्र महासंघमा बुझाउन खोज्दा पनि दर्ता गर्न दिइएन, बरु तर्साइयो, यसैले त्यसको सामना गरी आन्दोलन गर्न तयार भएका छौ ।’
संयोजक श्रेष्ठ एकता मेडिकल अनामनगरका सञ्चालक हुन् । उनले आफुहरु संगठित भएको महासंघ सुध्रनै नसक्ने स्थितिमा पुगेकोमा दुःख पनि ब्यक्त गरिन् ।
स्वास्थ्य व्यवसायी सीताराम रेग्मीले आफ्नो ब्यवसायिक महासंघ स्वइच्छाचारी भएकाले आफू आन्दोलनमा एक्यबद्धता जनाउन आएको बताए । उनले भने, ‘अब स्वइच्छाचारीहरु यस ब्यवसायमा १ महिनाभन्दा बढी टिक्ने छैनन् ।’
यस्तै जीवन बुर्लाकोटी, विजया कोइराला, गुणपति भण्डारी, जय गुरुङ लगायतका ब्यवसायीहरुले आफू सम्मिलित महासंघ अभिभावकको रुपमा रहन नसकेकोले विद्यमान समितिको राजीनामा मागेका छन् ।
कहिले कसको, कहिले कस्को नाममा आतंकित हुनपर्ने स्वास्थ्य ब्यवसायीहरुले पत्रकारहरुसामु भने, ‘महासंघमा आर्थिक हिनामिना ब्यापक रुपमा भएकाले हामी स्वास्थ्य व्यसायीहरु अन्यायको विरुद्ध आन्दोलनमा उत्रेका छौं ।’
उनीहरुका अनुसार नेपाल स्वास्थ्य व्यवसायी महासंघमा दर्ता गर्न खोजिएकोे ज्ञापन पत्र जेठ १४ गते दर्ता गर्न दिइएको थिएन । उक्त ज्ञापन पत्रमा मलेसियाको वेष्टिनेट एसडिएनविएचडी नामक कम्पनी र महासंघबचि वायोमेट्रिक प्रणाली लागु गर्ने सम्बनधमा भएको द्धिपक्षीय सम्झौता लगायत ब्यवसायिक हित बिरोधी सम्पूर्ण सम्झौताहरु राखेर हुनुपर्ने, वायोमेट्रिक प्रणालीमा भएको भ्रष्टाचारको स्वतन्त्र छानवीन हुनुपर्ने, वैदेशिक रोजकारमा जाने कामदारका सम्बन्धमा कहिले श्रम त कहिले स्वास्थ्य मन्त्रालयले वारम्बार दुःख दिएको पनि बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु