विश्रान्ति मिठाई पसलमा शिलवन्दी

२०७१ असार १६ गते, सोमबार

काठमाडौं।खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले बेच्न राखिएको खानेकुरा दुषित पाइएपछि मैतिदेवी स्थित विश्रान्ति मिठाई पसलमा शिलबन्दी गरेको छ । असार १३ गते परेको उजुरीको आधारमा सोही दिन छापा मारी बेच्न राखिएको खानेकुरा दुषित पाइएपछि सो पसलमा शिलबन्दी गरेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए ।खाजा खान गएका उपभोक्ताले खानेकुरामा किरा पाएपछि विभागमा उजुरी गरेका थिए र सोही उजुरीको आधारमा अनुगमन गर्न जाँदा विभागका कर्मचारीले समेत खानेकुरामा किरा फेला पारेपछि पसलमाथि कारवाहीको प्रकृया अगाडि बढाएको प्रवक्ता कोइरालाले जानकारी गराए । विभागले सरकारी वकिल कार्यालयसँग सोमबार नै राय मागि सकेको र त्यहाँबाट राय आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रिट दायर गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार