किष्ट मेडिकल कलेजमा आन्दोलन

२०७१ असार ३० गते, सोमबार


काठमाडौं, ३०असार । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु छात्रावास र पुस्तकालयको उचित व्यवस्थापनको माग गर्दै ११ दिनदेखि आन्दोलित छन् ।उनीहरुले मेडिकल कलेजको परिसरमा धर्ना तथा हातमा कालोपट्टी बाँधेर विरोध गरिरहेका छन् । मेडिकल कलेजले सञ्चालन गरेको शिक्षण अस्पतालमा राति काम गर्नेहरुको लागि बस्ने कोठाको व्यवस्था हुनुपर्ने, कलेजमा अध्ययनरत विद्यार्थीहरुको लागि उपचार खर्चमा शतप्रतिशत छुटको व्यवस्था गर्नुपर्ने लगायत ११ सुत्रीय माग विद्यार्थीहरुको छ ।
कलेज व्यवस्थापनले माग सम्बोधन गर्नुको सट्टा होस्टेल छाड्न धम्की दिएको आन्दोलनरत विद्यार्थीहरुको भनाइ छ ।मेडिकल कलेजले भने विद्यार्थीहरुको आन्दोलनका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार