अभिशाप बन्दै तयारी खाना

२०७१ श्रावण १७ गते, शनिबार

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भर्खरै गरेको एक अध्ययन ‘रिक्स फ्याक्टर र्सर्भे’ ले असन्तुलित खानाको प्रयोगले नर्सर्ने रोगको समस्या थपिँदै गएको देखाएको छ । परिषद्ले क्यान्सर, हृदयाघात -मुटुरोग), श्वासप्रश्वाससम्बन्धी र मधुमेह गरी चार रोगका बारेमा अध्ययन गरी उक्त रोग लाग्न सक्ने जोखिम तत्वहरूको खोजी गरेको थियो । आवश्यकताभन्दा कम फलफूल तथा तरकारी सेवन, तयारी खाना -जंकफुड) र अस्वस्थकर खानाको प्रयोगले मोटोपन, उच्च रक्तचाप बढ्दै गएको पाइएको हो । परिषद्ले चारवटा रोग लाग्न सक्ने जोखिम तत्व खोज्दै मुलुकका ५० जिल्लामा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ४ हजार १ सय ४३ व्यक्तिको शारीरिक जाँच, रक्त परीक्षण र सोधपुछ गरिएको थियो । अध्ययन प्रतिवेदनअनुसार दैनिक ११.५ प्रतिशतले चाउचाउ, बिस्कुट, भुजियालगायतका जंकफुड खाने गरेका छन् । ‘९९ प्रतिशतले शरीरलाई आवश्यक तरकारी र फलफूल नखाने गरेको पाइएको हो । सहरी क्षेत्रमा ३१ प्रतिशत मोटोपनाको समस्या छ भने ग्रामीण भेगमा २० प्रतिशत छ । अति मोटोपना ४ प्रतिशतमा छ,’ र्सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । ‘क्यान्सरलगायत नर्सर्ने रोगका कारक तत्वहरू ठ्याक्कै भन्न नसके पनि जंकफुड -पुरिया बन्द खानेकुरा), चिल्लो, माछामासुको बढी सेवन, पोलेको खाने कुरालगायतले क्यान्सर लाग्न सक्ने सम्भावना बढी हुन्छ,’ चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन शरद वन्तले भने, ‘जंकफुडबाट हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण प्राप्त हुँदैन । प्रोटिन, भिटामिन, मिनरल्स, खनिजलगायतका आवश्यक तत्वहरू घरैमा बनेका खानेकुरा र दूध-दहीबाट मात्र पाइन्छ ।’ उनका अनुसार हाल बजारमा निस्केका जंकफुड एकैनासे छैनन् । तिनीहरूको उत्पादन र प्याकेजिङ गर्ने तरिका फरक-फरक भएकाले यसले स्वास्थ्यमा पार्ने प्रभाव पनि फरक नै हुन्छ । जंकफुड हामीहरूको आवश्यकता होइन । बजारले ल्याएपछि हाम्रो आवश्यकता बन्दै गएको हो । उत्पादनका क्रममा मिसावटको मात्रा, प्याकेजिङ गर्ने तरिकालगायत हामीकहाँ मापदण्ड र कानुनी व्यवस्था छैन । व्यापारिक उद्देश्यले उत्पादन गरी प्याकेटमा राखी बजारमा ल्याइएका तयारी खानेकुरा नै जंकफुड हो । जंकफुडमा चिल्लो, क्यालोरी र नुनको मात्रा बढी हुने हुँदा मोटोपना, भद्दापन, तौल बढ्ने, मुटु तथा नसाको रोग, कतिपय अवस्थामा यस्ता वस्तुमा राखिने केमिकलले क्यान्सर, कलेजो, मृगौलासम्बन्धी रोग लाग्न सक्ने डाक्टर वन्तले जानकारी दिए । असन्तुलित खानाले कुपोषणलगायत नर्सने रोगको ठूलो भार बढ्ने खतरा भएको चिकित्सकहरू बताउँछन् । प्रतिवेदनअनुसार २५ प्रतिशत मानिसमा उच्च रक्तचापको समस्या छ । ‘जंकफुडकै कारणले उच्च रक्तचापको समस्या देखिएको हो,’ अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डाक्टर कृष्ण अर्यालले भने, ‘जंकफुडमा हुने नुन शरीरका लागि सबैभन्दा हानिकारक तत्व हो । गुलियो बिस्कुटमा पनि नुनको मात्रा हुन्छ भन्ने मानिसलाई थाहै छैन ।’ उनका अनुसार चाउचाउमा नुन र ट्रान्सक्याटको मात्रा हुन्छ भने बिस्कुटमा चिनी, सोडाको मात्रा हुन्छ । जंकफुडलाई लामो समय ब्रि्रन नदिनका लागि नुन अनिवार्य राखिएको हुन्छ । ११ प्रतिशत मानिसले आफूले नुन अत्यधिक मात्रामा सेवन गर्छु भन्ने थाहा छ । ८० प्रतिशतलाई नुनले कडा किसिमको स्वास्थ्य समस्या ल्याउन सक्छ भन्ने थाहा भएर पनि खाने गरेका छन् । नुनको बढी सेवनले मुटु तथा नसाको रोग लाग्ने, विभिन्न किसिमका रंग, नकुहिने केमिकल र अजिनोमोटोको बढी प्रयोगले क्यान्सर हुन सक्ने डाक्टर अर्याल बताउँछन् । तयारी खानाले आकषिर्त र रंगीन प्याकेट बजारमा ल्याएर उपभोक्तालाई ठगी रहेको तयारी खानाविरुद्ध चेतनामा सक्रिय शान्तलाल मुल्मीले जानकारी दिए । ‘पुरिया बन्द खानेकुराले एकातिर स्वास्थ्य ब्रि्रँदै गएको छ, अर्कोतिर घरमा उत्पादन गरेको भन्दा बाहिरको खाने बानीले पैसा खर्च गर्ने क्रम बढेको छ,’ उनले भने, ‘बच्चाले खाने खानामा मिठो स्वाद पार्नका लागि राखिने अजिनोमोटोले गर्दा बालबालिकालको बानी ब्रि्रन थालेको छ ।’ मुल्मीका अनुसार अजिनोमोटो राखेको स्वादको खाने बानी परेपछि बच्चाले घरको खाना खान छोड्छ । जसले पौष्टिक तत्वको मात्रा कम हुँदै जाने र बच्चालाई कुपोषण हुने खतरा हुन्छ । बच्चालाई आमाको दूध नपुगेको कुपोषण त छँदैछ, व्यस्त जीवनशैलीले गर्दा काम गर्नेको भरमा छोडेर हिँड्ने जमात पनि उत्तिकै छ । यस्तो अवस्थामा अझ जंक फुडको प्रयोगले स्वास्थ्य कमजोर हुँदै गइरहेको मुल्मी बताउँछन् । यसलाई नियन्त्रण गर्न सामाजिक रूपान्तरण गर्न जरुरी भएको डाक्टर वन्त बताउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार