क्रान्तिकारी विद्यार्थीद्वारा निजी मेडिकल कलेजमा तालाबन्दी
काठमाडौं, ३१ भदौ । नेकपा–माओवादीसम्बध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानीका प्राइभेट मेडिकल कलेडहरुमा तालाबन्दी गरेको छ ।तालाबन्दी गरिएका कलेजहरुमा तोकिएको भन्दा चर्को शुल्क असुलेको र पूर्वाधार अभाव भएको भन्दै तालाबन्दी गरिएको एक विद्यार्थी नेताले जानकारी दिए । त्यस्तै ती कलेजहरुले मेरिटका आधारमा विद्यार्थी भर्नासमेत नगरेको आरोप उनको थियो ।संगठनले धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको नियामक अंगस्कूल अफ मेडिसनमा पनि तालाबन्दी गरेका छन् ।