ग्यास्टि्रकबाट बँच्ने भए – डा. हेमराज कोइराला

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्टि्रकका लक्षण हुन् । त्यसैगरी ग्यास्टि्रकमा वाकवाकी लाग्ने, वार्ता हुने, स्याउ-स्याउ आउनु, वार्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ । आमाशयका भित्तामा भएको इन्प्लायिसन -सुन्निएर रातो तातो भएर दुख्ने समस्या) भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्टि्रक अल्सर भनिन्छ । ग्यास्टि्रकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो । ग्यास्ट्राइटिसलाई तीव्र तथा दीघ/जीण गरेर दुइ समूहमा बाँडिएको छ । तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । यी पदार्थहरूमा, दुखाई कम गर्ने औषधी -एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधी, विषसेवन, मसला, खर्ुसानी र नुन ज्यादा हालेको खानेकुरा, जाँड-रक्सी, कोकिनजस्ता मादक पदार्थ पर्दछ । आमाशयमा एच. पाइलोरिकलगायत अन्य ग्याक्ट्रेरिया, भाइरस, कृमि वा फंगसको संक्रमणले पनि हुने गर्छ जीण ग्यास्ट्राइटिस रोग हाम्रो जीवनशैली खानपान, शैली मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको छ । जथाभावी खानपानले पनि ग्यास्टि्रक बढाउँछ । अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाएपछि तर्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग र्यादा देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन ज्यूँनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक उदासिनता र अन्रि्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन् । लामो समयसम्म जाड-रक्सी, चिया, कफी, कार्बनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ । ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभी/एड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ जटिलताहरू- यो रोगको समयमा नै उपचार नभए ग्यास्टि्रक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ यसैगरी भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्नसक्छन् ।
उपचारः ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जर्ीण्ा हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तर्सथ, चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं । दर्ीघ जर्ीण्ा ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो । हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ । त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीराजस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गरौं । पानी प्रशस्त पिउनुपर्छ यसो गर्दा ग्यास्टि्रक एसिडले आमाशयलाई हानी पुर्याउन पाउँदैन । व्यायाम तथा प्राकृतिक उपचारः -१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, र्सर्ूयनमस्कारजस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् । -२) बज्रासन, पवनमुताशन, र्सवांङआसन, मत्स्यन्द्र, भुजंग, उदार्रकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासनजस्ता विधिले पनि यस रोगमा फाइदा पुर्याउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नु सट्टा चिकित्सकको परामर्श लिनुपर्छ -३) जलनेती -नाकको सफाइ) कुन्जल -पेटको सफाइ), एनिमा -ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन -सम्पूण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्याउँछ । -४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिकट्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि र्ग्यास्ट्राइटिसमा राम्रो गर्छव्रि्राम व्यवस्थापन:
१) यास्ट्राइटिस तनावपूण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अन्रि्राका रोगीलाई हुने रोग हो । तर्सथ तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो
-२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगन्रि्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
-३) सातामा एकपटक सम्पूण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं ।
सावधानीहरू-
-१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोसिस गरौं ।
-२) दुखाइ कम गर्ने तथा अन्य दबाइहरू चिकित्सकको परामर्श मात्र लिने गरौं ।
-३) माथि बताइएका लक्षण देखापर्न गए चिकित्सकसँग परामर्श लिऔँ । -४) ग्यास्टि्रकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूणारूपले खाने गरौँ ।
-५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔँ ।
-६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्टि्रक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔँ ।