नया मेडिकल कलेजलाई सम्वन्धन नदिइने

२०७१ कार्तिक २६ गते, बुधबार

काठमाडौ ।चिकित्सा शास्त्र अध्ययन संस्थान फ्याकल्टि वोर्डको बैठकले नया मेडिकल कलेजलाइ सम्वन्धन नदिने निर्णय गरेको छ ।३२ सदस्यिय वोर्डको मंगलवार वसेको विशेष वैठकले उक्त निर्णय गरेको हो । बैठकमा वोर्डमा धेरै जसो सदस्यले सम्वन्धन नदिने कुरा राखेका थिए । तर संस्थानले भने आधिकारिक रुपमा यसवारे केहि जनाएको छैन ।वैठकमा सहभागि एक चिकित्सकका अनुसार उक्त बैठकमा काठमाडौं नेशनल मेडिकल कलेज, मनमोहन मेडिकल कलेज र पिपुल्स डेन्टल एण्ड मेडिकल कलेजलाई सम्वन्धन दिने नदिने वारे प्रस्ताव राखिएको थियो ।स्रोतको अनुसार काठमाडौं नेशनल मेडिकल कलेज बारे सर्वोच्च अदालतले ‘शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडी सम्बन्धन दिने विषयमा कानून बमोजिम निर्णय गर्नु भनी विपक्षीहरुको नाउमा परमादेश जारी गरिएको छ’ भनी अन्तरिम आदेश दिए पछि उक्त बेठक बसेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार