डाक्टरले निजी क्लिनिक धाउन नपाउने

२०७१ मंसिर २ गते, मंगलवार


काठमाडौं । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजी अस्पताल धाउने भरतपुर अस्पतालका चिकित्सकहरुलाई कारवाहीमा पर्ने भएका छन ।
चिकित्सकहरुको कार्यालय समय बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म र साँझको बेला वा बोलाएको समयमा आउने गरी तय गरिएको छ । अस्पतालमा हाजिर गरेर कार्यालय समयमै निजीमा काम गर्ने गुनासो बढेसंगै अस्पताल विकास समितिले चिकित्सक एवं कर्मचारीहरुको कार्यालय समयमा कडाई गरेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशवराज भुर्तेलका अनुसार कार्यालय समयमा उपस्थित हुन लिखित सूचनामार्फत जानकारी गराउनुको साथै छड्के जाँच समेत गरिएको छ । हाजिर रजिष्टरमा सवा नौ बजेभित्र हाजिर नगर्ने चिकित्सकलाई मौखिक चेतावनी दिईएको छ ।
दिउँसो १ बजेदेखि नै रिपोर्ट हेर्न चिकित्सक आए नआएको जाँच आफैले गर्ने गरेको उहांले बताउनुभयो । भरतपुर अस्पतालमा सरकारी तहबाट ४९ जना चिकित्सक सहित १ सय ५० जना कर्मचारी छन् भने अस्पताल विकास समितिका तर्फबाट २१ जना चिकित्सक सहित २ सय ६५ जना कर्मचारी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार