स्वास्थ्य सेवा प्रभावकारी बनाइदै

२०७१ माघ ७ गते, बुधबार

काठमाडौं, ७ माघ ।सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजान ५ लाख भन्दा बढी जनसंख्या भएका जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउन थालेको छ । स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा धेरै जनसंख्या भएका जिल्लामा विशेषज्ञ डाक्टर सहित ५० शैया सम्मको अस्पताल बनाउन लागेको जनाएको छ ।
९ वटा जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउने प्रक्रिया लागू भैसकेको मन्त्रालयका शाखा अधिकृत गगनसिंह विष्टले जानकारी दिए । नुवोकोट, गोर्खा, बारा, सर्लाही, उदयपुर , सिन्धुली, मकवानपुर, गुल्मी र बर्दियामा लागू भैसकेको उनले बताए ।
अहिले इलाम ,धादिङ र डोटीमा ५० शैया अस्पताल बनाउने तयारी चलिरहेको छ । अरु जिल्लामा पनि २५ देखि ५० शैयाको अस्पताल बनाउन अध्ययन भैरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार