अखिल क्रान्तिकारी र पूवाञ्चल विश्वविद्यालयबीच १५ बुदेँ सहमति
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र पूवाञ्चल विश्वविद्यालयबीच शैक्षिक सुधारका विषयमा १५ बुँदे सहमति भएको छ । वैज्ञानिक शैक्षिक क्यालेण्डर निर्माण गरेर लागु गर्ने, सम्पूण संकायको बाँकी रहेको परिक्षा फल ४५ दिन भित्र प्रकाशन गर्ने, अब हुने र भैरहेको परिक्षाको परिक्षा फल ३ महिना भित्र गरिसक्ने, उच्चस्तरिय वैज्ञानिक शूल्क निर्धारण समिति गठन गरी बैज्ञानिक शूल्कलागु गर्ने, तोकेकै समय अवधिमा परिक्षा गर्ने लगायतका विषयमा सहमति भएको छ ।
त्यसैगरी सहमति कार्यन्वयन गर्न नसके परिक्षा नियन्त्रक लगायत जिम्मेवार पदाधिकारीहरुले नैतिकताको आधारमा राजीनाम दिने, इन्जिनियरिङ, चिकित्साशास्त्र लगायतका संकायहरुको मौका परिक्षाको व्यवस्था गर्ने, विएसी नर्सिङ, बिइ लगायतका सङ्कायमा तोकेको भन्दाबढी भर्ना गर्ने नर्भिक, ओम, सान, सन्जिवनी, स्तुपा लगायतका कलेजलाई कारवाहीको दायरामा ल्याउने । मापदण्ड नपुगेको कलेजहरुको सम्बन्धमा स्थगन गर्ने, पूवाधार पुगेका सङ्कायमा आवश्यकता अनुसार कोटा थप गर्ने, प्रवेश परिक्षालाई व्यवस्थित गर्न पूण शुल्कियलाई विकेन्द्रीकृत र छात्रबृद्धीको परिक्षालाई केन्द्रीकृत गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयको तर्फाट व्यवस्थापन संकायका डीन तथा वार्ता टोलीका संयोजक डा. विजु कुमार थपलिया, सदस्यहरु ग्ाोपाल शर्मा, विजय भट्र्राई र संगठनको तर्फकेन्द्रीय सदस्य तथा वार्ता टोलीको संयोजक नरेन्द्र वि.क, सदस्यहरु ल्ोकेन्द्र कार्की, कविन्द्र खड्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । अखिल क्रान्तिकारी पूवाञ्चल विश्वविद्यालय संयोजक आस्था घिमिरेको उपस्थितिमा सहमति भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
माघ २३ गते सहमति भइ आइतबार र्सार्वजनिक गरिएको सहमति पत्रमा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय दिवसको अवसरमा केन्द्रीय शैक्षिक सप्ताह गर्ने, विश्वविद्यालयको सूचना प्रविधिलाई वैज्ञानिकिकरण गर्दै लैजानेमा सहमति भएको छ ।
सहमति भएका विषयलाई लिएर अखिल क्रान्तिकारी मालो समयदेखि आन्दोलनरत थियो । यो सहमति सँगै आन्दोलनका सम्पर्ूण्ा कार्यक्रम फिर्ता भएको अखिल क्रान्तिकारीले जनाएकोक छ ।