जनस्वास्थ्यकर्मी महासङ्घमा रावल निर्वाचित

२०७१ फाल्गुन १२ गते, मंगलवार

काठमाडौँ, ११ फागुन । नेकपा माओवादी निकट स्वास्थ्यकर्मीहरुको सङ्गठन ‘अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ’को सम्पन्न प्रथम राष्ट्रिय भेलाले डम्बर रावलको अध्यक्ष निर्वाचित गरेको छ।
‘गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा जनताको अधिकार,आत्मनिर्भर जनमुखि स्वास्थ्य नीति, पेशागत हक हाम्रो सरोकार’ भन्ने नाराका साथ फागुन ९ र १०
गते भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा सम्पन्न भएको प्रथम राष्ट्रिय भेलाले पाँच जनाको पदाधिकारी र ११ जनाको सचिवालय पनि निर्वाचित
गरेको छ । जसमा उपाध्यक्ष प्रमोद योगी, महासचिव जनक अवस्थी, कोषाध्यक्ष नरबहादुर थापा, सचिव श्यामभाइ गौतम रहेका छन् । त्यसैगरि सचिवालय सदस्य भैरव बोहोरा, युवराज काफ्ले, सूर्य रेग्मी, पिताम्वर भुर्तेल, रामकुमार श्रेष्ठ र जीवन बल्कोटी रहेका छन् ।
प्रथम भेलाको निणर्य सार्वजनिक गर्न सोमबार जारी प्रेस विज्ञाप्तीमा नयाँ नेतृत्वसँगै तिन महिने उभियान संचालन गर्ने निर्णय गरेको छ । अन्य निर्णयहरुमा फागुन मसान्तसम्म सवै विधागत र स्थानीय स्वास्थ्य समस्याहरुलाई केन्द्रीकृत गर्ने, चैत्र मसान्तमा सबै जिल्लाहरुमा अन्तरक्रिया, विचार गोष्ठी आयोजना गर्ने, बैसाखसमान्तसम्म सवै विधाका भेला सम्मेलन गर्ने रहेका छन् ।
त्यसैगरि भेलापछि बसेको केन्द्रीय समितिको बैँठकले प्रशानलाई व्यवस्थित गर्ने, महिनापछि सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने निणर्य गरेको विज्ञाप्तीमा उल्लेख गरिएको छ । अध्यक्ष डम्बर रावल र महासचिव जनक अवस्थीद्वारा जारी उक्त विज्ञाप्तीमा पदाधिकारीको कार्यविभाजन पनि गरिएको बताइएको छ । भेलाको उद्घाटन पार्टी प्रवक्ता ‘प्रकाण्ड’ले गरेका थिएँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार