शुल्क तिर्न नसक्नेलाई एसएलसी दिनबाट बन्चित नगर : प्रधानमन्त्री
काठमाडौं,४ चैत्र । प्रधानमन्त्री सुशील कोइरालाले शुल्क तिर्न नसकेकै आधारमा कसैलाई पनि एसएलसी परीक्षा दिनबाट बन्चित नगर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार एक विज्ञप्ति निकाली शुल्क तिर्न नसकेकै कारण कसैलाई पनि परीक्षा दिनबाट बन्चित नगर्न भनेको हो ।
यसअघि शुल्क तिर्न नसकेकै कारण कन्चनपुरका २४८ विद्यार्थीले परीक्षा दिन नपाउने भएको खबर सार्वजनिक भएको थियो ।७५ प्रतिशत हाजिरी नपुगेका र पाँच सय रुपैयाँ परीक्षा शुल्क नतिरेकाहरु परीक्षा दिनबाट बन्चित भएको जिल्ला शिक्षा कार्यालय कन्चनपुरले जनाएको थियो ।