दोलखामा माओवादीको स्वास्थ्य सिबिर

२०७२ जेष्ठ ३ गते, आईतवार

काठमाडौँ । बैशाख २९ गते गएको भूकम्पको केन्द्र बिन्दु दोलाखाको सिँगटेमा सुक्रबार साझबाट नेकपा माओवादी निकट जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य सिबिर सन्चालन गरेको छ ।जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलको नेतृत्वमा स्वास्थ्य सिबिर भैरहेको माओवादीले जानकारी दिएको छ । नेपाल बिद्धुत प्राधिकरणको प्राङ्गणमा सुक्रबार साझबाट सुरु भइ सिँगटे बजारमा जारी स्वास्थ्य सिविरमा जापानी अर्थपेडित सर्जन डाक्टर इसिडा जनस्वास्थ्यकर्मी राजु थापा लगायत ७ जना स्थानीय डाक्टरहरुको सहभागिता रहेको छ ।
स्वास्थ्य सिबिरमा सनिबार बेलुका सम्म ५०० भन्दा बढीको उपचार गरिएको जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डम्बर रावलले जानकारी दिएका छन् ।जिल्लाका २१ ओटा गाबिसको मिलन बिन्दु रहेको सिँगटेमा भूकम्पबाट प्रभावित पिडितहरुको उद्दार तथा राहतको लागी अहिले सम्म कुनै सरकारी सुरक्षा निकाएको टोली पुग्न सकेको छैन।उद्दार तथा राहतको कार्य तत्काल अघि बढ्न नसकेका कारण घरहरु भत्किएर पुरिएका लासहरु गन्हाइ रहेको कारण महामारी फैलिन सक्ने आसंका गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]