कक्षा ११ र १२ को परिक्षाको मिति सार्न दबाब

२०७२ जेष्ठ ७ गते, बिहीबार

काठमाडौं, ७ जेठ । कक्षा ११ र १२ का विद्यार्थीहरुले परिक्षाको मिति सार्न दबाब दिएका छन् । उनीहरुले मानसिक रुपमा परिक्षाको निम्ति तयार नभएको भन्दै राजधानीमा र्‍यालीको आयोजना गरेर परिक्षाको मिति सार्न दबाब दिएका हुन् ।विनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पनबाट धेरै कलेजहरु क्षतिग्रस्त भएको र त्यस्ता भवनमा बसेर परिक्षा दिन मानसिक रुपमा तयार नभएको उनीहरुको भनाई छ ।विद्यार्थीहरु कसैको घर भत्किएको, कसैको आफन्तको मृत्यु भएको, कति विद्यार्थी आफै घाइते भएको कारणले पनि परिक्षामा सहभागी हुन नसक्ने बताएका छन् ।उनीहरुले परीक्षा विद्यार्थीको भविष्यसंग जोडिएको भन्दै सरकारलाई गम्भिर र संवेदनशील भएर निर्णय गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार