केरा खाउँ स्वस्थ बनौँ

२०७२ जेष्ठ २६ गते, मंगलवार

काठमाडौँ । सानोतिनो रोगब्याधिले सताउने बित्तिकै पनि हामी अस्पतालको दैलो ढकढक्याउछौँ । कागजभरी लेखिएको औषधिको लिस्ट निम्ट्याइसकेपनि कहिलेकाहीँ उपलब्धि हात लाग्दैन । केरा त्यस्तो फल हो, जसले औषधिको समेत काम गरिरहेको हुन्छ । अहिले तनाव मानव जीवनको एउटा हिस्सा नै भइसकेको छ । मानसिक रुपमा विचलित भइरहेको समयमा सेरोटिन नामक तत्वको कमी हुन्छ । केरामा ट्रिप्टोफेन अधिक मात्रामा पाइन्छ, जुन सेरोटिनमा बदलिएर दिमागलाई फ्रेस र एकाग्र बनाउन मद्दत गर्छ । केरा यस्तो चिज जसले कब्जियतको उपचार सहज र भरपर्दाे उपचारको तरिका गर्दछ । केरामा फाइबर पाइन्छ, जसले पाचन प्रक्रिया मजबुत बनाउँछ । ग्याष्ट्रिकका बिरामीका लागि पनि केरा प्रभावशाली मानिन्छ । एसिडिटीका कारण धेरै औषधिको सेवन गर्ने गरेको पाइन्छ । तर, केरा खाएर त्यो समस्या समाधान गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई हुँदैन । एसिडिटीबाट जोगाउने धेरै तत्व केरामा हुन्छ र अल्सरबाट समेत जोगिन केराको सेवन नियमित गर्न जरुरी हुन्छ ।
रक्तचाप अहिले धेरैले झेलिरहेको समस्या मध्यको एक हो । केरामा पोटासियमको मात्रा धेरै हुन्छ र सोडियमको मात्रा थोरै हुन्छ । जसका कारणले केराले रक्तचाप नियन्त्रण गर्न सक्छ । कमजोरीका कारण औषधि खाने धेरै हुन्छन् । तर, केरा खाएर ऊर्जावान हुने बाटो कमैले रोज्छन् । केरा ऊर्जाको त्यस्तो स्रोत हो, जसमा औसत १ सय ५ क्यालोरीको मात्रा हुन्छ । ब्यायाम गर्नेबित्तिकै केरा खाने हो भाने शरीरमा ग्लुकोजमा मात्रा बढाएर ऊर्जा प्रदान गर्छ । अनुहारको छालामा आउने समस्याबाट मुक्ति पाउन सजिलो छैन । तर, केराको नियमित सेवनले अनुहारमा आभा ल्याउन सक्छ । किनभने यसमा छाला चम्काउने एक प्रकारको तत्व हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]