भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई मौका परीक्षा
काठमाडौ, २ असार । उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित जिल्लामा छुटेका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भएको छ ।पहिलो चरणको परीक्षामा सहभागी हुन नसकेका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीले दोस्रो चरणमा सहभागी हुन पाउने भएका हुन् । भूकम्पका कारण परीक्षामा सहभागी नभएका विद्यार्थीलाई दोस्रो चरणमा सहभागी गराउन लागेको परिषद्ले जनाएको छ ।
जेठ २० बाट सुरु भएको कक्षा १२ र सोमबारबाट सञ्चालन भएको कक्षा ११ को परीक्षामा सहभागी नभएका विद्यार्थीलाई यस्तो अवसर दिइएको हो । भूकम्प प्रभावित गोरखा, धादिङ्ग, रसुवा, धादिङ्ग, रसुवा नुवाकोट, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर, काठमाण्डौं, ललितपुरमा अध्ययनरत विद्यार्थीलाई यो सविधा लिन पाउछन ।
त्यस्तै यि जिल्लामा स्थायी बसोबास भई अन्य जिल्लामा अध्ययनरत विद्यार्थीको पनि परीक्षा छुट भएमा परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिनुभयो । यी विद्यार्थीहरुले असार १४ गते बाट सञ्चालन हुने कक्षा १२ र असार २४ बाट हुने कक्षा ११ को दोश्रो चरणको बार्षिक परीक्षामा सहभागी हुने अवसर पाउछन ।