एसएलसीको नतिजा भोलि सार्वजनिक हुने

२०७२ असार ३ गते, बिहीबार

काठमाडौ, ३ असार । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।
नतिजा भोलि सार्वजनिक गर्ने अन्तिम तयारी भइसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार परीक्षा निण्न्त्रण कार्यालयले अन्तिम तयारी गरिरहेको छ । उनले भोलि वा पर्सीसम्ममा नतिजा आउने बताए ।
यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी छन्। जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी छन् ।
नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो । परीक्षा चैत २ गते सुरु भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]