एसएलसीको नतिजा आज प्रकाशित हुँदै

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौं, ४ असार । गत चैत्रमा सम्पन्न एसएलसी परीक्षाको नतिजा आज प्रकाशन हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सबै तयारी पूरा गरेको जनाएको छ । नतिजा प्रकाशन गर्नका लागि आज शुक्रबार बिहान साढे दस बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकले सबै नतिजाको स्थिति अध्ययन छलफल गरी सार्वजनिक गर्नेबारेमा निर्णय गर्नेछ । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले नतिजा प्रकाशनका लागि सबै काम पूरा भइसकेको जानकारी दिए । यदि अरु कुनै गडबडी नभएमा आजै नतिजा प्रकाशन गरिने उनले बताए ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर १६००, ५५६६, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ । १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
परीक्षा नियन्त्रक द्वारेका अनुसार शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यलय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ । २०७१ सालको एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ । सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिनेछ । विद्यार्थीलाई सहज होस् भनेर यो व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]