अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौ, ६ असार । आज प्रथम अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि मनाइन भएको छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा यसवर्ष जुन २१ तारिखका दिन योग दिवस विश्वभर मनाउन लागिएको हो । राष्ट्र संघले एकता र शक्तिको सन्देश दिन यो दिवस मनाउन लागेको जनाएको छ ।
योगले स्वास्थ्य र मानव कल्याणमा पुर्णता प्रदान गर्दछ भन्ने मुल नाराका साथ प्रथम अन्तर्राष्ट्रिय योग दिवस सफल पार्न भारतीय महावाणिज्य दूतावास वीरगंजले पनि आग्रह गरेको छ । ११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्रय संघको साधारण सभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा स्वीकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन लागिएको हो ।