११७ किलो वजन घटाएपछि

२०७२ असार २६ गते, शनिबार

काठमाडौं, २६ असार । ८ वर्षदेखि ओछ्यानमै रहँदै आएकी ४२ वर्षीया अमिता रजनीका लागि आफ्नो कोठाको झ्यालबाट चिहाउनु कुनै बेला अनौठो सपनाजस्तै लाग्थ्यो । तीन सय किलोभन्दा बढी वजन भएका कारण उनी आठ वर्षदेखि भसाईस्थित आफ्नो घरको ओछ्यानमा मुढाजस्तै लडिरहन्थिन् । हालै ११७ किलो वजन घटाउँदै उनी ओछ्यानबाट उठेर झ्यालको सामुन्ने उभिनसक्ने भएकी छन् । अस्वाभाविक रुपमा वजन बढेका कारण उनी सन् २००७ देखि ओछ्यानमा थला परेकी हुन् । एक अनुवांशिकी बिमारीका कारण उनको वजन ३०० किलोसम्म पुगेको थियो । अत्याधिक वजन भएकै कारण उनी उभिनसमेत नसक्ने भएकी थिइन् । सफल व्यावसायीका रुपमा प्रतिष्ठित उनको जीवनशैलीलाई बढ्दो वजनले तहसनहस नै बनायो । गत अप्रिलमा उनको शल्यक्रिया गरियो । त्यसपछि भने उनको वजन घट्न थालेको छ । अहिलेसम्म उनको वजन ११७ किलो घटिसकेको छ । उनको वजन घट्ने क्रम जारी रहेको बताइन्छ । अझै पनि उनको वजन औसत मानिसको तुलनामा तीन गुणा बढी छ । त्यसो त जन्मदा उनको वजन सामान्य नै थियो । जन्मको समयमा उनको वजन तीन किलो थियो । ६ वर्षको उमेरदेखि उनको वजनमा अप्रत्यासित बृद्धि हुन थालेको हो । १० कक्षामा पढ्दा उनको वजन १२८ किलो पुगिसकेको थियो । पारिवारिक स्रोतका अनुसार अमिताको हजुरआमाको वजन पनि निकै बढि थियो । त्यस्तै उनको बुवाको पनि वजन घटाउन शल्यक्रिया गर्नु परेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार