शैक्षिक सस्थामा तालाबन्दी

२०७२ श्रावण १३ गते, बुधबार

काठमाडौँ १२ साउन। अखिल क्रान्तिकारीले शिक्षा बिभाग उच्च माध्यमिक शिक्षा परिसद र परिसदका क्षेत्रीय कार्यालयका साथै जिल्ला शिक्षा कार्यालयमा ताला बन्दि गरेको छ।शिक्षा विभागमा अखिल क्रान्तिकारीका अध्यक्ष रसद रसाइली उच माध्यमिक शिक्षा परिसदमा पूर्ण बहादुर सिंह र परिसदका क्षेत्रिय कार्यालयमा खगेश्वर केसीको नेतृत्वमा ताला बन्दि गरिएको क्रान्तिकारीका नेता दीपेन्द्र चलाउनेले जानकारी दिएका छन् ।
क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले एक बिज्ञप्ति जारी गर्दै विभिन्न मागहरु राखेर ताला बन्दी गरिएको घोषणा गरेका छन ।
बैशाख ६ गते एकलौटी र गैरकानुनी ढंगले वृद्धि गरिएको शुल्क फिर्ता लगायतको १० बुदे समझदारी तत्काल लागु गर्नुपर्ने, शिक्षणसंस्थाको बिदेशी नाम परिबर्तन र उच्च माविमा २ अंकको छात्रवृत्ति लागु गर्ने सहमति कार्यन्वयन गर्नुपर्ने माग राख्दै ताला बन्दि गरेको छ ।
त्यस्तै भूकम्प गएकोबेला पढाइ नभएको १५ दिनको शुल्क छुट गर्ने निर्णय लाग उभे नभएको अनुगमन गर्नुपर्ने, बिना इजाजत मापदण्ड बिपरित खोलिएका विद्यालयहरु खारेजी गर्नुपर्ने, कक्षा ११ र १२ मा बढी शुल्क लिने विद्यालयलाइ कारबाही गर्नुपर्ने, लगायतका मागहरुको तत्काल सम्बोधन नगरीए कडा संघर्षका कार्यक्रम ल्याउने क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]