एम्बुलेन्स दुर्घटनामा तीनजना घाइते

२०७२ श्रावण १४ गते, बिहीबार

काठमाडौ, १४ साउन । चितवनको भण्डारास्थित लक्ष्मीनारायण चोकमा मकवानपुरबाट बिरामी लिएर तीव्रगतिमा भरतपुरतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाईते भएका छन् । एम्बुलेन्स चालक २२ वर्षीय दिपेन्द्र अधिकारी, मकवानपुर माडीका ३६ वर्षीय अजय लामा र बिरामी ३५ वर्षीय हिराराम मोक्तान घाईते भएका हुन् । घाईतेहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको छ ।
घाईतेमध्ये लामाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । मकवापुरबाट भरतपुरतर्फ आउदै गरेको ना२च ६२७७ नम्बरको एम्बुलेन्स तीव्रगतिका कारण अनियन्त्रित भई बिहीबार बिहान साढे ५ बजे दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]