दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौ ३० साउन । गत वैशाख १२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा सरकारले आजबाट दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु गरेको छ । भूकम्पका कारण स्थगित भएको अभियान आजदेखि पुनः संचालन भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
दादुरासँगै खतराको रुपमा देखा परेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप अभियान सन्चालन गरिएको महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले जानकारी दिए । खोप दिन छुटेपछि पुनः विरामीको संख्य बढेकाले अभियान चलाउन लागिएको मरासिनीको भनाई छ ।
पहिलो चरणमा आज भोली र पर्सी गरी तीन दिन खमेप अभियान सन्चालन हुनेछ । यसैगरी दोस्रो चरणमा भदौ १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार