क्यानेडियन रेडक्रसद्वारा औषधी तथा उपकरण हस्तान्तरण

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौं, ४ भदौ । क्यानेडियन रेडक्रसले जिल्ला अस्पताल रसुवालाई औषधी तथा उपकरण हस्तान्तरण गरेको छ । करोडौं रुपैयाँ पर्ने औषधी, प्रसुति तथा ओपीडि सेवासम्बन्धी उपकरण हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । शैया रहेको रसुवा अस्पताल भूकम्पका कारण ध्वस्त भई सञ्चालनमा आउन नसकेको अवस्थामा क्यानेडियन रेडक्रसले टेन्ट उपलब्ध गरी मानवीय सेवा प्रदान गर्दै आएको थियो । तीन महिनादेखि क्यानेडियन रेडक्रस र जिल्ला अस्पतालले संयुक्त रुपमा गरेको सेवामा ५० जना बिरामीको शल्यक्रिया, ३४ जना महिलाको प्रसुति र ५ हजार ४ सय जना बिरामीको स्वास्थ्य उपचार गरिएको क्यानेडियन रेडक्रसले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु