स्मार्ट परिवार अभियान सुरु

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौँ, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकी विकास नियोग युएसएआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा नयाँ पुस्तालाई परिवार नियोजनको महत्व बारेमा जानकारी गराउन स्मार्ट परिवार अभियान सुरु गरेको छ । नयाँपुस्ताका लागि परिवार नियोजन सञ्चार अभियान २०१५–१७ नाम दिइएको अभियानको लक्ष्य बच्चा नजन्माएका अथवा एउटा बच्चा जन्माएका महिला तथा पुरुषमा आधुनिक गर्भनिरोधक साधनको प्रयोग बढाउने, प्रसुतिपछि ४५ दिनभित्र परिवार नियोजनका साधनको प्रयोगमा सुधार गर्ने, २० वर्षमा मात्र पहिलो बच्चा जन्माउने दरमा वृद्धिगर्ने, परिवार नियोजन साधन प्रयोगको चाहना भएपनि साधनको पहुँच नभएका वर्गमा पहुँच पुर्‍याउने लगायत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो जनसांखिकिय सर्वेक्षणका अनुसार परिवार नियोजनको प्रयोग दर ६७ प्रतिशत मात्र छ । यसैगरी ३२ प्रतिशतभन्दा कमले पहिलो र दोस्रो बच्चाको जन्मान्तरका लागि परिवार नियोजनको विधि अपनाएका, १३ प्रतिशतले मात्र सुत्केरी भएको दुई महिनाभित्र परिवार नियोजनको विधि प्रयोग गर्ने गरेको तथ्यांक छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु