आज पुस्तकालय दिवस

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडौं, १५ भदौ । आज आठौँ राष्ट्रिय पुस्तकालय दिवस , पठन संस्कृतिको विकासका लागि प्रवर्द्धन गर्न सो दिवस मनाइँदैछ । सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि प्रस्थान गरी रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिइन । दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।
विसं १८६९ भदौ १५का दिन तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले पं केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्ष तोकको दिनलाई पुस्तकालय दिवस मनाइँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार