शिक्षण अस्पतालमा पठनपाठन ठप्प

२०७२ आश्विन ७ गते, बिहीबार

काठमाडौं, ७ असोज । शिक्षण अस्पताल महाराजगंजमा आमरण अनशन बसेका वरिष्ट हाड जोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै अस्पतालका आवासिय चिकित्सकहरुले आजबाट नियमित पठनपाठन वहिस्कार गरेका छन । करिब २ सय पचास जनाको संख्यामा रहेका आवासिय चिकित्सकहरु आज विहानैबाट कक्षामा सहभागि नरहेको नेश्नल रेजिडेन्ट डाक्टर एसोसियशनका अध्यक्ष रामचन्द्र सापकोटाले बताए ।
चिकित्सा शिक्षा र सेवालाई सबैको पहुचमा पुर्याउन चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै डा केसी सातौं पटक अनशन बसिरहेका छन । अनशन बसेको सातौं दिनपुग्दा पनि माग सम्बोधनका लागि सरकारका तर्फबाट कुनै चासो नदेखिएको भन्दै डा केसीका समर्थकहरुले असन्तुष्टी जनाएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु