अनेरास्ववियू क्रान्तिकारीको अध्यक्षमा पूर्णबहादुर सिंह

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौं, १४ असोज । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २० औं राष्ट्रिय सम्मेलनवाट पूर्णबहादुर सिंह अध्यक्षमा निर्वाचित भएका छन । भरतपुर क्यान्सर अस्पतालको सभाहलमा दुई दिन सम्म चलेको राष्ट्रिय सम्मेलनवाट अध्यक्षमा पूणबहादुर सिंह, महासचिवमा दिपेन्द्र चलाउने रहेको केन्द्रिय समितिमा केवी मल्ल, चक्र विसी, धनबहादुर विश्वकर्मा, आस्था घिमेरे, सुनिता वम, ललित चन्द, प्रकाश चन्द, माधव डिसी लगाएतका ८५ सदस्यहरु रहेका छन् । नेपाली विद्यार्थी आन्दोलनमा लामो ईतिहास रहेको संगठनको २० औ राष्ट्रिय सम्मेलनले संगठनको विधान र नीति तथा कार्यक्रम पास गरेको नव निर्वा्चित अध्यक्ष पूर्णबहादुर सिंहले वताए ।
अध्यक्ष सिंहले नेपाली शैक्षिक आन्दोलनका बाँकी अविभाराहरुलाई पुरा गर्न सम्मेलनवाट निर्वाचित नयाँ कार्य समिति जस्तो सुकै पनि मुल्य चुकाउन तयार रहेको बताए । बुधवार राति अवेर सम्म चलेको राष्ट्रिय सम्मेलनको अन्तमा प्रमुख अथिति प्रकाण्डले नयाँ केन्द्रिय समितिलाई सपथग्रहण गराएका थिए । विहीवार नै केन्द्रिय समितिको बैठक बसि आवश्यक निर्णय लिएर समिति अगाडी वढ्ने जनाईएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु