आउँदो वर्षदेखि औषधि अभाव नहुने

२०७२ आश्विन १५ गते, शुक्रबार

काठमाडौं । अर्को आर्थिक वर्षदेखि औषधि अभाव नहुने सरकारले दाबी गरेको छ । आयात र ढुवानीको झन्झटिलो प्रक्रिया तथा जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयन प्रभावकारी नहुँदा औषधिको अभाव भैरहेको छ । आउँदो वर्षदेखि भने औषधिको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया नै सुधार गर्ने भएको छ । खरिद प्रक्रियाका सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
खरिद प्रक्रिया सुधार गरी, औषधि स्टोरका लागि उपयुक्त ठाउँको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको क्षमता वृद्धि गर्ने, औषधिको अभाव हुन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयलमा अनुगमन र निगरानीलाई बढाईने उहाँले जानकारी दिए ।
अहिलेको खरिद प्रक्रिया सक्षम र प्रभावकारी नदेखिएपछि सुधारका लागि समिति गठन गरेर काम थालिसकेको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए । औषधि खरिदका लागि विशेष व्यवस्था हुनु पर्ने भएपनि नेपालमा त्यस्तो व्यवस्था छैन । जसले गर्दा कुनै बेला प्रकोप फैलियो भने तत्काल खरिद गर्न सकिँदैन र अभाव हुने गर्छ ।
यस्तै औषधि सस्तोमा बेच्ने कम्पनीसँग मात्र खरिद गर्ने भएकाले अभावसँगै गुणस्तरमा पनि समस्या हुने गरेको छ । औषधिमा सबैको पहुँच पु¥याउन भन्दै सरकारले ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने भनिएपनि अनुगमन र समन्वय नहुँदा केहि ठाउँमा औषधि धेरै र केही ठाउँमा अभाव हुने गरेको छ ।
सरकारले वितरण गर्ने भनिएको ७० प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा अझै पुगेका छैनन् । सडक सञ्जालका कारण पनि अभाव देखिएका ठाउँमा तत्काल औषधि पु¥याउन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु