समानान्तर समिति बनेको हल्ला निराधार : सिंह
काठमाडौं, १५ असोज । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर सिंहले अखिल क्रान्तिकारी सम्मेलनबाटै समानान्तर समिति बनेको भन्ने हल्ला निराधार भएको बताएका छन् । असोज १२ र १३ गते चितवनमा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनको निर्णय र भारतको अघोषित नाकाबन्दीविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्न काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष सिंहले भने, ‘अखिल क्रान्तिकारीको नेतृत्वमा सम्पूर्ण विद्यार्थीहरु ध्रुविकरण भएर शैक्षिक माफिया र दललाविरुद्ध निर्णयक संर्घष गर्र्छौ ।’
केही संचारमाद्यमहरुमा २० औं राष्ट्रिय सम्मेलनबाट अखिल क्रान्तिकारीमा बिभाजन आएको भन्ने गलत समाचार प्रकाशनमा आएकोप्रति अध्यक्ष सिहंले आपत्ती जनाउँदै अगाडि भने, ‘केहि अराजक तत्वहरुले बन्द र अँध्यारो कोठामा संगठनको नीति र सिद्धान्त विपरित आफुखूशी संगठनको समानान्तर समिति बन्यो भनेर हल्ला पिट्दैमा हामी विभाजन हुँदैनांै, त्यो अफवाह मात्रै हो ।’
नव निर्वाचित महासचिव दिपेन्द्र चलाउनेले अन्तर्राष्ट्रि कानुन विपरित अघोषितरुपमा भारतले गरेको नाकाबन्दी बिरुद्ध अखिल क्रान्तिकारीले शसक्त संघर्ष गर्ने बताए । उनले गत वैसाख १२ गतेको शक्तिशाली भूकम्पसँगै बन्द रहेको चीनसँगको सीमानाका तत्काल खुलाउन आफुहरु पहल गर्ने उनले बताए । ‘तातोपानी भन्सार नाका र रसुवागढी नाका खुलाउन हाम्रो टोली सीमा क्षेत्रमा जादैछ’ उनले भने ।
सञ्चारमाध्यममा समानान्तर कार्यसमितिका उपाध्यक्ष भनि प्रचार गरिएका सन्तोष कोइरालाले सम्मेलनले पूर्णबहादुर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको भन्दै कुनै समानान्तर कमिटि नरहेको पत्रकार सम्मेलनमा बताए । ‘केही व्यक्तिले चाहदैमा समानान्तर कमिटि बन्न सक्दैन, यो प्रचार हल्ला र गलत हो, मेरो त्यसमा कुनै संलग्नता छैन’ कोइरालाले भने ।
उनी पूरानो कार्यसमितिमा सचिव थिए । सम्मेलनले कोइरालालाई विदाई गरेर पार्टी संगठनमा पठाएको छ ।
सम्मेलनले पुर्णबहादुर सिंहको नेतृत्वमा महासचिवमा दिपेन्द्र चलाउने सहित ८५ सदस्सीय केन्दिय कमिटि चयन सम्मेलनमा जानकारी गराइएको थियो ।
११ बँुदे समसामयीक प्रस्तावहरु पारित तथा तत्कालीन कार्यक्रम अन्र्तगत तातोपानी र रसुवा नाका खुलाउन व्यापक विद्यार्थी परिचालन गर्ने, शिक्षा क्षेत्रका दलाल र माफियाहरुको कालोसूची तयार गरि भण्डाभफोर रकारवाही गर्ने, विदेशी नाम सम्बन्धन र पाठ्यक्रममा सञ्चालित शिक्षण संस्थाहरुको खारेजी, मेडिकल माफियाहरुलाई कारवाही गर्ने र राष्ट्रको पँुजी र विद्यार्थीलाई विदेश पलायन गराउने कन्सल्टेन्सीहरुमाथि कडा कारवाही गर्ने पाँचबुँदे कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ ।