भिटामिन ‘ए’ कार्यक्रम बिहीबारसम्म

२०७२ कार्तिक १७ गते, मंगलवार

काठमाडौं, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाका ३५ वटा वडाका झन्डै ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाएका छन् । छ महिनादेखि पाँच वर्षसम्मको बालबालिकालाई जुकाको औषधि, भिटामिन ‘ए’ बालभिटा खुवाउने र कुपोषण छ छैन भनी जाँचका लागि महानगरपालिका अन्तर्गतको ३५ वटा वडाको एक लाख २० हजार बालबालिकाका लागि कार्यक्रम सुरु गरेको काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो कार्यक्रमको लागि प्रत्येक वडाका स्वयम्सेवक, महानगरपालिकाका कर्मचारीसहित ६ सय ३८ जना सक्रियरुपमा लागेका छन् भने खुवाउनका लागि प्रत्येक वडामा गरी दुई ८० वटा स्थान तोकिएको छ । खुवाउनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्ममा बालबालिकालाई वडाको तोकिएको स्थानमा लानुपर्ने छ । सोमबारदेखि सुरु भएको सो कार्यक्रम आगामी बिहीबारसम्म चल्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार