पाखुरा धेरै कोठी भए छालाको क्यान्सर हुने खतरा

२०७२ कार्तिक १९ गते, बिहीबार

काठमाडौं । पाखुरामा धेरै कोठी आउनेलाई छालाको क्यान्सर धेरै हुन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार पाखुरामा ११ वटा भन्दा धेरै कोठी आएको व्यक्तिलाई छालाको क्यान्सरको जोखिम धेरै हुन्छ । अध्ययनले स्तन क्यान्सरको गम्भीर खतरा पहिल्याउन पनि यो अध्ययनले सहयोग पुग्ने बताएका छन् । बेलायतका अनुसन्धानकर्ताले आठ वर्षसम्म महिलामाथि र अरु पुरुषको समूहमाथि गरेको अध्ययनबाट यस्तो निस्कर्ष निकालेका हुन । उनीहरूले छालामा आउने कोठी लगायतको अध्ययन गरेका थिए ।
यो अनुसन्धानले क्यान्सरबाट जोगिन सावधानी अपनाउन पनि सकिने अनुसन्धानकर्ताहरूले बताएका छन् । पाखुरामा ११ वा पुरै शरिरमा १ सय भन्दा बढी कोठी हुनेलाई पनि क्यान्सरको खतरा हुने अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु