शरीर आकर्षक बनाउन खोज्दा…

२०७२ पुष १ गते, बुधबार

काठमाडौँ । मोटोपनका कारण संसारभरका अधिकांश मानिस चिन्तामा छन् । कयौ दुब्ला पातालाहरू यसबाट बच्नका लागि सुरुवातबाटै सावधानी अपनाउँछन् । केही मानिस त यसबाट बच्नका लागि स्वयम्माथि डरलाग्दो प्रयोगसमेत गर्न पछि पर्दैनन् । यस्तै एक युवती अस्ट्रेलियाको मेलबर्न निवासी १९ वर्षीया एलेन लाइटजब पनि हुन् । तपाई थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि यी युवतीले मोटोपनबाट बच्नका लागि एक हप्तासम्म केही खाइनन् ।
यस्तैमा उनले एक साताभित्रै एलेनको वजन करिब ४० किलो कम भयो । हालै उनले आफ्नो प्रयोग सार्वजनिक गरेकी हुन् । एलेनाका अनुसार उनले साथीहरूका बीच लोकप्रिय हुनका लागि यो कदम उठाएकी थिइन् । किनभने उनका साथीहरू उनको मोटोपनलाई ठट्टाको विषय बनाउँथे । एलेनलाई जब अस्पताल भर्ना गरियो तब उनलाई देखेर चिकित्सकसमेत आश्चर्यमा परे । उनीहरू आश्चर्यमा थिए कि यति गर्दा पनि एलेन जीवितै कसरी रहिन् ।
एलेनले भनिन्– विद्यालयका बच्चाहरू मलाई ‘फ्याट व्हेल’ भनेर सताउथे । यद्यपि मेरो तौल करिब ७९ किलो थियो । मोटोपनका कारण मसँगै कसैले मित्रता गर्न पनि चाहँदैन थिए । यस्तैमा मैले २ वर्षअघि ६ घण्टासम्म स्वीमिङ गर्न सुरु गरेँ । मेरो तौल निकै कम भयो । साथीहरूले मेरो प्रशंसा पनि गरे । तर, मैले आफ्नो वजन अरु कम गराउन चाहेँ । यस्तैमा मैले विस्तारै विस्तारै डाइट कन्ट्रोल गर्न सुरु गरेँ । त्यसबाट मेरो परिवारजन रिसाए, तर मैले लगातार वजन कम गरिरहेँ ।
चिकित्सकहरूका अनुसार यो एउटा मेडिकल डिसअर्डर हो, जसलाई एनोरेक्सियाको नामले चिनिन्छ । यसका विरामीहरूलाई मोटो हुने डरले सताउन थाल्छ । जसका कारण उनीहरू खानपिन खाड्ने गर्दछन् । यसको उपचार उपयुक्त समयमा भएन भने यस्ता विरामीको मृत्यसमेत हुन सक्दछ । यो डिसअर्डरका कारणबाटै एलेनले आफ्नो डाइटमा पूर्णरूपमा नजरअन्दाज गरेकी थिइन् । यद्यपि अहिले सबै कुरा ठिक भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु