एसएलसी परीक्षा चैत १८ गतेदेखि

२०७२ पुष २ गते, बिहीबार

काठमाडौ, १ पुस । यसवर्षको एसएलसी परीक्षा चैत १८ गतेदेखि हुने भएको छ । आज बसेको माध्यामिक शिक्षा परीक्षा परिषदले चैत्त १८ देखि २९ गतेसम्मका लागि परीक्षाको कार्यतालिका तय गरेको हो । यसअघि चैतको पहिलो हप्ता हुँदै आएको परीक्षा तराईमा जारी आन्दोलन र भूकम्पले विद्यालयहरुमा कक्षा प्रभावित भएकाले २ हप्ता सारिएको हो ।
तालिक अनुसार साधारण तर्फ पहिलो दिन १८ गते अंग्रेजी, १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान रहेको छ । यस्तै २३ गते समाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते दोस्रो एच्छिक विषयको परीक्षा तोकिएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु