खाली पेटमा एक्सरसाइज नगरौं

२०७२ पुष ५ गते, आईतवार

काठमाडौँ । ज्यानलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसै पनि बिहानै केही खान मन नलाग्ने भएर एक्सरसाइज गरेर खाना खाने गरिन्छ । यसले दोहोरो हानी हुन्छ, एक त चाहे जति एक्सरसाइज नगरी ज्यान थाक्छ, अर्को पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले ज्यान दुब्लाउनुको सट्टा मोटाउन पो सघाइरहेको हुन्छ । त्यसो भए ब्यायमअघि के खाने ?
दूध : एक गिलास तातो दूध घुटुक्क पार्नुहोस्, पौष्टिक तत्व मात्रै होइन, पेटलाई शान्त बनाएको महसुस गर्न सकिन्छ ।
फलपूmल : मौसमअनुसारको फलपूmल खानहोस्, पेट भर्नुका साथ एक्सरसाइज गर्नका लागि ऊर्जा समेत प्राप्त हुन्छ ।
जौको सातु : पहाडी भेगमा पाइने जौ को सातु दुधसँग घोलेर खान सक्ने हो भने धेरै लाभदायी हुन्छ । एक्सरसाइज गर्दा शरीरलाई कार्बोहाइड्रेट्सको जरुरी पर्छ । जौको सातुमा धेरै कार्बोहाइड्रेड्स हुन्छ । खाएको छोटो समयमै पच्ने मात्रै होइन, परीरको तौल घटाउनसमेत मद्दत गर्छ ।
केरा : केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ । जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । तर, केरा नियमित खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उचित हुन्छ ।
दही : अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रासमेत पाइने दहीले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु