लाखौ बालबालिका चिसोबाट प्रभावित

२०७२ पुष ११ गते, शनिबार

काठमाडौ, ११ पुस । युनिसेफका अनुसार नाकाबन्दीले भूकम्प प्रभावित जिल्लाका बालबालिकाले पौष्टिक आहार, खोप र औषधि पाएका छैनन् । युनिसेफले भनेको छ, ‘इन्धन, खाना, औषधि र खोप अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्षमुनिका तीन लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुनसक्ने जोखिममा छन् । भूकम्पको असर भोगेका बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।’ देशभर नाकाबन्दी तथा भूकम्पले पाँच वर्षमुनिका ३० लाख बालबालिका प्रभावित भएको युनिसेफको तथ्यांक छ ।
भूकम्पपीडितलाई न्यानोका लागि प्रभावित १४ जिल्लामा सरकारले झन्डै साढे पाँच अर्ब रुपैयाँ वितरण गर्ने भएको छ । सो रकम भूकम्पपीडित प्रत्येक परिवारलाई १०–१० हजार रुपैयाँका दरले वितरण गर्न थालिएको छ । तर, पीडित परिवारले राहत रकम नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु