मोटी भएर के भो ?

काठमाडौँ । मोडल टेस हलिडे भन्छिन्– मलाई थाहा छ कि म मोटी छु, तर आफ्नो प्लस साइजबाट म धेरै खुसी छु र मेरो डाइटिङ गर्ने कुनै चाहना छैन ।
उनले हालै याहु स्टाइललाई दिएको अन्तर्वार्तामा भनेकी छन्– जुन मोडलको प्लस साइज छ, उनीहरुले लजाउने र डराउनु आवश्यक छैन । बरु प्लस साइज भएकोमा गर्व गर्नुपर्दछ । स्मरणरहोस् टेस पहिलो यस्ती प्लस साइज मोडल हुन्, जसलाई एउटा मुख्य एजेन्सीले मोडलिङको अफर दिएको थियो । यो अफर उनलाई उनको प्लस साइजकै कारण प्राप्त भएको हो । उनको केही तस्वीर प्रस्तुत गरिएको छ । टेस अक्सर इन्स्टाग्राम एकाउन्टमा तस्वीर पोष्ट गरिरहन्छिन् । – एजेन्सी